बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

बुधबार २ जेष्ठ, २०८१ nepalexplores 1531


चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

२ जेठ, चितवन। 
चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बजेट अभावले निर्माण अलपत्र बनेका पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ। 

भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको छ। महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको र महानगरले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने बताएको छ।

३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो। उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो। ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचना भए पछि टेन्डर रद्द गरेर नयाँ आह्वान गरिएको हो।

महानगरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ। चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको महानगरले जानकारी दिए।

रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु