शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

पानीको स्रोत सुक्न थाले, चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु समस्यामा

आईतवार ६ जेष्ठ, २०८१ nepalexplores 1490


पानीको स्रोत सुक्न थाले, चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु समस्यामा

६ जेठ, काठमाडौं।
चितवन राष्ट्रिय निकुञ्जमा खडेरीका कारण पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुमा समस्या परेको छ।

निकुञ्जका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताएका छन्।

दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्मीयाममा तालतलैयामा आहाल खेल्न रुचाउँछ। अन्य वन्यजन्तुलाई पानी अत्यावश्यक हुन्छ तर यहाँका पुराना ताल र सिमसार क्षेत्रमा सोहीअनुसार व्यवस्थापनका काम हुने गरेका छैनन्।

कार्यालयले भने बजेट अभावका कारण तालतलैयाको माटो, गेग्रानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु