आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

घरबाहिर ननिस्कन किर्गीस्तानमा रहेका नेपालीलाई अपिल

आईतवार ६ जेष्ठ, २०८१ nepalexplores 1459


घरबाहिर ननिस्कन किर्गीस्तानमा रहेका नेपालीलाई अपिल

६ जेठ, काठमाडौं ।
सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। 

गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। 

राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म घर बाहिर ननिस्कन आग्रह छ।

साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं  नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु