शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

१६ औं पटक जित्यो पीएसजीले फ्रेन्च कपको उपाधि

आईतवार १३ जेष्ठ, २०८१ nepalexplores 1587


१६ औं पटक जित्यो पीएसजीले फ्रेन्च कपको उपाधि

१३ जेठ, काठमाडौं ।
गएराति भएको फाइएनलमा लियोनलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ। यस संगै पीएसजी च्याम्पियन बनेको हो।

१५ औं पटक पीएसजीले फ्रेन्च कप जितेको हो। पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे। लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए।

केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो करियरको अन्तिम खेलमा उपाधि जित्दै अन्त्य गरेका छन्। २५ वर्षीय एमबाप्पेले पीएसजीका लागि ३०८ खेलमा सर्वाधिक २५६ गोल गरेका थिए।

उनले यस अघि नै यस सिजनपछि पीएसजी छाड्ने घोषणा गरेका थिए । उनी अर्को सिजन रियल मड्रिड जाने चर्चा छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु