शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख

मंगलवार २१ जेष्ठ, २०८२ nepalexplores 1429


पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख

२० जेठ, काठमाडौँ । 
पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ। रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा चरासम्बन्धी सर्वेक्षणको क्रममा उक्त चरा अभिलेख गरिएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ।

यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाईने चार नेपालमा भेटिएको सङ्घका परियोजना अधिकृत देउबहादुर रानाले जनाएका छन्। बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा सङ्घका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गरेका थिए।

सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिए पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण यकिन भएपछि ‘मलबर  हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको सङ्घले जनाएको छ। यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक रुपमा अभिलेख भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु