शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखियो

शुक्रबार २१ मंसिर, २०८१ nepalexplores 1560


कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखियो

२१ मंसिर, काठमाडौं । 
कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखिएको छ।

बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेला परेको हो। हिमालय पर्वतमालामा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक त्यस क्षेत्रमा देखापरेको छ।

नेपाल पक्षी संरक्षण संघ (बीसीएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेला पारेका हुन्।

हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ। ‘तराई क्षेत्रमा विरलै देखापर्ने चरा कञ्चनपुरमा भने पहिलोपटक देखापरेको र यस क्षेत्रका लागि दुलर्भ नै हो। अहिलेसम्मको तथ्याङ्कमा कृष्णवक्ष रातोकण्ठ चरा नदेखिएको चराविज्ञको भनाई छ।

घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोरल्ने यो चरा गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ। जाडोमा नेपालदेखि भारतको आसामसम्म बसाइँ सरेर पुग्ने गर्छ। यसले गर्मीका बेला प्रजनन गर्दछ। 

चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ। कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ।

घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ। पोथी निलो खैरो रङको घाँटी सेतो हुन्छ। यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु