शनिबार ९ श्रावण, २०८३ (Saturday July 25, 2026)

कोशीटापु वन्यजन्तु आरक्षमा भेटियो ७६ प्रजातिका चरा

बिहीबार १ फाल्गुन, २०८१ nepalexplores 1456


कोशीटापु वन्यजन्तु आरक्षमा भेटियो ७६ प्रजातिका चरा

१ फागुन, काठमाडौं । 
कोशीटापु वन्यजन्तु आरक्षमा ७६ प्रजातिको चरा भेटिएको छ। यस वर्ष आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या वृद्धि भएको हो।

गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेकोमा यस वर्ष गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्ष लगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को  चरा फेला परेका कोशीटापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ। 

गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षले जनाएको छ।

सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्या जस्ता जानकारीको अभिलेख राखिने गरेको बताए।

 सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटापु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु