आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

रसुवा गोसाइँकुण्डमा मेला सुरु

शनिबार २६ जेष्ठ, २०८१ nepalexplores 1461


रसुवा गोसाइँकुण्डमा  मेला सुरु

२६ जेठ, काठमाडौं ।
रसुवामा गोसाइँकुण्ड गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान मेला सुरू भएको छ।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ।

तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारीले बताए। तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए।

गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ। यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न जिल्ला अधिकारीले आग्रह गरेका छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु