बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको जोखिममा   

बिहीबार ३१ जेष्ठ, २०८१ nepalexplores 1192


नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको जोखिममा   

३१ जेठ, काठमाडौं ।
नारायणगढ–मुग्लिन सडक खण्डको अधिकंश ठाउँ पहिरोको जोखिममा रहेको सडक डिभिजनको कार्यालय चितवनले जनाएको छ।

 सडक पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरु मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल रहेको छ। नाम्सी, कालीखोला र तुइन खोला सडकको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमानित लागत छ। 

विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो। पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ।

सडक डिभिजन कार्यालयका अनुसार पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए। हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालय बाट पनि उपकरणको प्रबन्ध गरिने छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु