शनिबार १७ आश्विन, २०८३ (Saturday October 03, 2026)

गल्छी–रसुवागढीमा ठूलो खोलानजिक पहिरो जादा सडक अवरुद्ध

बिहीबार ६ भाद्र, २०८१ nepalexplores 1389


गल्छी–रसुवागढीमा ठूलो खोलानजिक पहिरो जादा सडक अवरुद्ध

६ भदौ, काठमाडौं ।
गल्छी–रसुवागढी सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण यातायात सञ्चालन बन्द भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ।

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सोही रुटको आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने गल्छी–रसुवागढी सडक योजना कार्यालयले जानकारी दिएको छ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौं नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु