शनिबार १७ आश्विन, २०८३ (Saturday October 03, 2026)

५ दिनदेखि कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध   

सोमबार २५ असार, २०८१ nepalexplores 1494


५ दिनदेखि कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध   

२४ असार, काठमाडौं ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा लगातार पानी परेपछि पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ।

५ दिनदेखि कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाले बताएको छ।

शाखाको अनुसार जुम्ला, हुम्ला डोल्पा र मुगुमा हवाई उडान अवरुद्ध छ। नेपालगञ्ज बाट तारा, सीता र समिट एयरको जहाजले उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो।

हवाईसेवा अवरुद्ध  हुँदा मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती, केरुङ हुँदै काठमाडौँ फर्किएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु