बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

चीनले रूसको युद्धमा सहयोग गरेको नेटोको आरोप 

सोमबार ३२ असार, २०८१ nepalexplores 1296


चीनले रूसको युद्धमा सहयोग गरेको नेटोको आरोप 

३१ असार, काठमाडौं ।

चीनलाई युक्रेनविरूद्ध रूसको युद्धमा सहयोग गरेको आरोप नेटोले लगाएको छ। नेटोको ७५औं वर्षको अवसरमा ३२ सदस्य राष्ट्रहरूको अमेरिकाको वासिङ्टनमा भएको शिखर सम्मेलनले युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट गरेको छ।

युक्रेनमा आक्रमण गर्नुअघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२२ फेब्रुअरी सुरूमा बेइजिङ पुगेका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि रूस र चीनले ’नो लिमिट्स फ्रेन्डशिप’ घोषणा गरेका थिए। युक्रेनमा आक्रमण गर्नुभन्दा तीन साताअघि भएको उक्त भेटमा पुटिनले चीनलाई आक्रमणको योजनाबारे जानकारी दिएको पनि बताइन्छ। 

बेइजिङलाई लिखितरूपमा चीनले युक्रेनविरुद्ध रूसको युद्धमा निर्णायक भूमिका खेलेको आरोप नेटोले लगायो। रूसी सेनालाई फेरि बलियो बनाउन महत्वपूर्ण हतियारमा प्रयोग हुने सामग्रीहरू र अन्य प्रविधिको ढुवानी रोक्न माग पनि गर्यो।

अमेरिका लगायत पश्चिमा राष्ट्रले आर्थिक नाकाबन्दी लगाएपछि रूसी तेलको सबभन्दा ठूलो खरिदकर्ता पनि अहिले चीन नै हो। दुई देशबीच व्यापक व्यापार वृद्धि भएपछि रूसलाई भरथेग भएको छ। चीनले रूसलाई हतियार नै त दिएको छैन। हतियार बनाउन चाहिने सामग्री दिइरहेको भनेर आरोप अमेरिकाले लगाउँदै आएको छ।

यसपटक नेटोले चीनलाई युद्धमा रूसलाई सघाएको मात्र नभनेर निर्णायक भूमिका नै खेलेको भनेको छ। रूसलाई सहयोग गरे चीनले त्यसको मूल्य चुकाउनु पर्ने अप्रत्यक्ष चेतावनी पनि दिएको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु