शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

बंगलादेश रहेका विद्यार्थीे नेपाल र्फकिय, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

आईतवार ६ श्रावण, २०८१ nepalexplores 1305


बंगलादेश रहेका विद्यार्थीे नेपाल र्फकिय, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

६ साउन, काठमाडौं ।
बंगलादेश विद्यार्थी आन्दोलनको चपेटामा परेको करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् ।

हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन अथवा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले बताएको छ ।

बंगलादेशस्थित नेपाली दूतावासले विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा एजेन्सीहरुसँग समन्वय गरिरहेको छ । नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ । समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवंम् आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिङ्कमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

निवेदन बंगलादेशबाट मात्रै होइन आफन्ताहरुले नेपालबाट दिन सक्ने परराष्ट्रले जनाएको छ । https://legal.nepalconsular.gov.np/passport गएर आवश्यक विवरण भरी फर्म सबमिट गरेर जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ । साथै, देहायबमोजिमका व्यक्तिहरूलाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाठमाडौंमा महेश्वरमणि त्रिपाठीलाक्ई फोन नं. +९७७९८५११६६९८७ र  इमेलः mahesh.mofa@gmail.com मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाली राजदूतावासढाकामा द्वितीय सचिव  योजना बम्जनलाई फोन नं. +८८०१८८०६९१०१३ र इमेल eondhaka@mofa.gov.np र eondhaka@dhaka.net तथा  रिया क्षेत्रीलाई फोन नं. +८८०१७४५४०७९५८ र ईमेलः  info@mofa.gov.np सम्पर्कगरी आवश्यक जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ ।

 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु