शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

चीनबाट आयात सामग्री टिमुरेमै रोकिए

बिहीबार १० श्रावण, २०८१ nepalexplores 1467


चीनबाट आयात सामग्री टिमुरेमै रोकिए

१० साउन, रसुवा ।
अविरल वर्षाका कारण माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा पहिरो जाँदा आंशिक रूपले क्षति भएको छ।

वर्षाका कारण पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन्। आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधन बाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका जानकारी दिएका छन्।

पर्खालको ग्याबिन बक्सा पल्टिदा आसपासका बस्तीमा समेत जोखिम बढेको स्थानीयले बताएका छन्। सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौँका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा नै रोकिएका छन्। 

ठूलो पानी परे पूरै क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै वैकल्पिक मार्गका लागि बोगटीटार–बनुवा र आम भञ्ज्याङ सिम्ले, तारूके हुँदै धारापानीको ग्रामीण सडक मर्मत गरी यातायात सञ्चालनमा सहज पारिदिन स्थानीयले सुझाव दिएका छन्।

अन्तर्राष्ट्रिय व्यापार व्यवसाय गराउने प्रमुख मार्गलाई तत्काल मर्मत गरि सञ्चालन गरिदिन व्यवसायीले अनुरोध गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु