शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

उपभोक्ता संरक्षण विभागले छनोट गर्यो, गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठान 

आईतवार २ चैत्र, २०८१ nepalexplores 1435


उपभोक्ता संरक्षण विभागले छनोट गर्यो, गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठान 

३ चैत, काठमाडौं । 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठन छनोट गरेको छ। उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको हो।

कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज, काठमाडौंका कालीमाटीस्थित विशाल ट्रेड लिंक, गुञ्जेश्वरी ट्रेड लिंक, वीरगञ्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेसनल,  दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेजलाई विभागले छनोट गरेको छ।

भारतले नेपाललाई कोटा सुविधा अन्तर्गत उपलब्ध गराएको ९० हजार टन गहुँ आयात गर्न विभागले ती व्यापारिक प्रतिष्ठान छनोट गरेको हो।छनोटमा परेका व्यापारिक प्रतिष्ठानले ३ हजार टनका दरले गहुँ आयात गर्न पाउने गरि कोटा पनि प्रदान गरिएको छ। 

विभागले गत १४ देखि २० माघसम्मको समय राखेर भारतबाट कोटाको गहुँ आयात गर्न आवेदन माग गरेको थियो। ती फर्मले न्यूनतम २ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने सर्त राखेको थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु