मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

भियतनाममा शक्तिशाली तुफान 

मंगलवार २५ भाद्र, २०८१ nepalexplores 1491


भियतनाममा शक्तिशाली तुफान 

२५ भदौ, काठमाडौं । 
भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले शक्तिशाली भियतनाम अस्तव्यस्त बनेको छ।

तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेका भियतनामका बस्तीमा ६० जनाको मृत्यु, १५ लाख प्रभावित भएका छन।

तुफानका कारण उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन्। विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन्। घरहरु जलमग्न छन्। तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।

तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ। ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो। तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किएर सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन्। भने २४० भन्दा बढी मानिसहरु घाइते छन्। 

विद्यालयहरु बन्द गरिएको छ। यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ। तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो। यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो।

उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिएका छन्। तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती यागी तुफानबाट बढी प्रभावित भएका छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु