शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

इजरायल–गाजा द्वन्द्व लाखौं मानिस विस्थापित, मिसाइल कमाण्डर इब्राहिमको मृत्यु

बुधबार ९ आश्विन, २०८१ nepalexplores 1442


इजरायल–गाजा द्वन्द्व लाखौं मानिस विस्थापित, मिसाइल कमाण्डर इब्राहिमको मृत्यु

९ असोज, काठमाडौं ।
इजरायल–गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित भएका छन्।

इजरायल–लेबनान सीमामा लाखौं मानिस इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण  प्रभावित मानिसहरू सीमा क्षेत्रबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन्। इजरायलको पछिल्लो आक्रमणका कारण हजारौं मानिस विस्थापित भएको लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बताएका छन्। 

संयुक्त राष्ट्रसंघका अनुसार गत अक्टोबर ७ बाट सुरु भएको इजरायल–हमास द्वन्द्वका कारण हालसम्म इजरायल र लेबनानको सीमा क्षेत्रमा बसोबास गर्ने करिब दुई लाख मानिस विस्थापित भएका छन्।

दक्षिणी लेबनानबाट विस्थापित हुनेमा १ लाख १३ हजारभन्दा बढी व्यक्तिहरू समावेश छन्। यसै क्रममा उत्तरी इजरायलबाट करिब ६० हजार मानिस विस्थापित भएको यस महिनाको सुरुमा जारी गरिएको तथ्याङ्क अनुसार देखाएको छ।

इजरायली हमलामा हिजबुल्लाहका मिसाइल कमाण्डर इब्राहिम कुबैसीको लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा परी मृत्यु भएको जनाइएको छ। इजरायलले लेबनानमा विगत ५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ। उनीसँगै अन्य ५ जनाको पनि मृत्यु भएको छ।

यसैबीच हिजबुल्लाहले हिजो राति इजरायलका ८ स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। इजरायलका अनुसार हिजबुल्लाहबाट ५५ रकेट प्रहार गरिएको थियो।

यस अघि सोमबार इजरायली रक्षा बल (आईडीएफ) ले लेबनानमा हिजबुल्लाहका १६ सय स्थानलाई लक्षित गरी हवाई हमला गरेको थियो। १० हजार रकेट ध्वस्त भएको दाबी गरिएको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु