बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

बागलुङको गाजा दहमा थपिए पूर्वाधार

मंगलवार ३० बैशाख, २०८२ nepalexplores 1709


बागलुङको गाजा दहमा थपिए पूर्वाधार

३० वैशाख, काठमाडौं ।
बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिएका छन्। समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको गाजा दह धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ।
जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। दुवै स्थानिय तहको अगुवाइमा ताल संरक्षण र पूर्वाधार थपिँदै गएको हो।

ताल वरपर परम्परागत शैलीमा ढुंगा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ। भने अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको जनाएको छ। धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको जनाएको छ। 

गाजादह बाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत एक दर्जन हिमऋङ्खला देख्न सकिने छ। गण्डकी प्रदेश सरकारले दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु