बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

शुक्रबार १३ पुष, २०८० Nepalexplores 1497


बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

१३ पुस, काठमाडौं ।
(ईपीएस) रोजगार अनुमति प्रणाली परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाइदिएका छन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए ।


पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।


उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको पछि । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।

  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु