बिहीबार २८ फाल्गुन, २०८२
२८ फागुन, काठमाडौं।
अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न भएको छ।
नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज त्रिशूली नदीमा सम्पन्न भएको हो।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले उपाधि जितेका छन्।
कायक म्यान्डेटरी रन विधामा रविन्द्र चेपाङ प्रथम हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भए। भने यसै विधामा डम्मर बहादुर पूर्वाछाने दोस्रो, जेसन गुरुङ तेस्रो र रविन गुरुङ चौथो भएको उल्लेख गरेको छ।
कायक स्प्रिन्ट विधामा जेसन गुरुङ प्रथाम, रविन्द्र चेपाङ दोस्रो, केशव घर्तीमगर तेस्रो र कृष्ण खड्का चौथो स्थानमा रहे।कायक क्रस प्रतिस्पर्धामा डम्मर बहादुर पूर्वाछाने प्रथम, रविन्द्र चेपाङ दोस्रो, सुरेन्द्र चेपाङ तेस्रो र मोहन राना चौथो स्थान प्राप्त गरेका थिए।
त्यस्तै १० किलोमिटरको राफ्ट रेसमा प्याडल नेपाल पहिलो हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन्। जसमा जलदेवी एड्भेन्चर दोस्रो, नेपाल कायक क्लब तेस्रो र राफ्टिङ एड्भेन्चर नेपाल चौथो भएका छन्।
नेपालमा पहिलोपटक जल पर्यटन सुरुवात गर्ने हिमालयन एक्सप्लोरेसनलाई पनि विशेष सम्मान गरिएको जनाएको छ।