मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

शास्त्रीय, परम्परागत नृत्यको संरक्षण्मा जुट्दै ः संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान 

मंगलवार २९ जेष्ठ, २०८१ nepalexplores 1642


शास्त्रीय, परम्परागत नृत्यको संरक्षण्मा जुट्दै ः संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान 

२९ जेठ, काठमाडौं ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान नृत्य विभागद्धारा आयोजित शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुुतीको कार्यक्रम संस्कृतिक संस्थान जमलमा भएको छ।  

कार्यक्रमको सभापति वरिष्ठ लोक गायक तथा प्रतिस्ठानका उपकुलपति राम्मु राईले गर्नु भएको थियो। प्रमुख अतिथिमा ललितकाला प्रज्ञा प्रतिस्ठानका कुलपति नारद मणि हार्तमछाली, वरिष्ठ अतिथिमा नेपालकै पहिलो नृत्य निर्देशक भैरव वहादुर थापा, प्रतिस्ठाका तसदस्य सचिव  कुस्मा महरा अतिथिहरुमा प्रज्ञा वखत वहादुर हमाल, डा. किरात, हिसन समाल, साहित्यकार ईश्वर ज्ञवाली, गाएक भिभ कुमासी, वरिष्ठ नृत्य निर्देशक केपी पौडेल, जागेन्द्र केसी, आरसि कोइराला लगायत थुप्रै नृत्य कलाकारहरुको उपस्थिति रहेको थियो। 

वरिष्ठ नृत्य निर्देशक केपी पौडेलद्धारा नृत्यको संयोजन भएको उक्त कार्यक्रममा पिस कल्चरका नृत्यकलाकारहरु सनम खड्की र संगीता खड्की द्धारा भैरवकाली चर्या नृत्य प्रस्तुत, एस्थेटिक डान्स स्टुडियोका नृत्य निर्देशक नम्रता केसी द्धारा कत्थक नृत्यको विविध रुपको प्रस्तुत, त्यसैगरी क्लसीक कल्चर सेन्टरका नृत्य निर्देशक सौजन रघुवंसी र प्रमिला श्रेष्ठ द्धारा भरतनाट्म नृत्य प्रस्तुत भएको थियो। 

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले शास्त्रीय नृत्यको वारेमा वुझ्ने र अध्ययन गर्ने सु–अवसर प्राप्त गरेका थिए। दर्शकहरुको गडगडाहट तालीका विचमा नृत्यकलाकारहरुको उत्कृष्ट नृत्य प्रस्तुत भएको थियो। प्रमुख अतिथिले कलाकारहरुलाई प्रमणपत्र वितरण र खादा लगाएर सम्मान साथै सामुहिक फाटो सेसन गरि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो।  
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु