शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घटे  

आईतवार ९ मंसिर, २०८१ nepalexplores 1375


चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घटे  

९ मंसिर, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या घटेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको हो। गतवर्ष विभिन्न नाकाबाट तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेको निकुञ्ज कार्यालयले जनाएको छ। 

यहाँ घुम्न आउने पर्यटकले सौराहा, मेघौली, कसरा, अमलटारी लगायत नाकाबाट प्रवेश गर्ने गरेका छन्। भने चालु आवको सोही अवधिमा ५६ हजार छ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन्।

निकुञ्जको अनुसार गत कात्तिकमा मात्रै २८ हजार दुई सय ११ पर्यटकले भ्रमण गरेको जानकारी दिएका छन्। साउनदेखि असोजसम्म निकुञ्जभित्र पर्यटकीय गतिविधि रोकिने हुँदा पर्यटकको संख्यामा कमी आउने गरेको भन्दै सो समयमा सामुदायिक वनमा भने पर्यटकको आवागमन भइरहने गरेको निकुञ्जले उल्लेख गरेको छ।

सबै भन्दाबढी सौराहा बाट पर्यटक निकुञ्ज प्रवेश गर्दछन्। सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न, स्वदेशीसँगै सार्कमूलुक र तेस्रो मुलकबाट पर्यटक जङ्गल सफारीका लागि यहाँ पर्यटक आउने गर्दछन्।
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु