शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने 

मंगलवार १८ मंसिर, २०८१ nepalexplores 1300


नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने 

१८ मंसिर, काठमाडौं ।
नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने भएको छ। 

नेपालका सत्ता साझेदार दलहरूले तयार पारेको ‘फ्रेमवर्क अन बिआरआई कोअपरेशन’ को मस्यौदामा नेपाल र चीनबीच छलफल हुने भएको हो।

नेपाल सरकारले बिआरआई अन्तर्गत सञ्चालन गर्ने परियोजनाहरू चीनले अनुदानमा बनाइदिनुपर्ने र बिआरआई अन्तर्गत ऋण नलिने नेपालको प्रस्तावमा चीन असहमत भएपछि बीचको बाटो खोज्ने जबाफ नेपाल पक्षले दिएको छ। 

छलफलका लागि थप समय लाग्ने र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा औपचारिक भेटवार्ताहरू सकिएकाले यसपटक फ्रेमवर्कमा सहमति हुने सम्भावना भने न्यून भएको छ। 

नेपालले प्रस्ताव गरेको फ्रेमवर्कको मस्यौदाको ‘ग्रान्ट फाइनान्सिङ’ भन्ने शब्द हटाएर चीनले ’फाइनान्सिङ’ मात्रै राखेको थियो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु