मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आग्रह

बुधबार ३ पुष, २०८१ nepalexplores 1401


आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आग्रह

३ पुस, काठमाडौँ । 
आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ।

वैदेशिक रोजगारमा जान चाहनेहरू ठगीमा पर्ने गरेको, उद्धार तथा स्वदेश फिर्ती, हराएकाहरूको खोजी र कानुनी प्रतिरक्षाको अभावमा जेल जीवन बिताइरहेको उद्धार र आप्रवासी श्रमिकहरूको स्वास्थ्य अधिकार जस्ता कार्यहरू प्रभावकारी रूपमा हुन नसकेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको। 

देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी कामदारहरूको योगदान रहँदा रहँदै पनि आप्रवासन व्यवस्थापनमा श्रमिक र तीनका परिवारले अनुभूति गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ। 

आयोगले रुस–युक्रेन युद्धका क्रममा घाइते भएका नेपाली नागरिकहरूलाई उचित क्षतिपूर्ति, मृत्यु भएकाहरूको शव फिर्ती तथा क्षतिपूर्ति जस्ता विषयहरूमा समेत प्रभावकारी पहल हुन नसकेको जनाएको हो।

श्रमिकहरूको अधिकार संरक्षण गर्न अन्तरमन्त्रालय र अन्तरविभाग समन्वय प्रभावकारी नभएको तथा वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनः एकीकरण र स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको अनुगमनका क्रममा पाइएको बताएको छ।

आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षणको कार्य गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा आयोग आग्रह गर्दै आप्रवासी श्रमिक दिवस, २०२४ का अवसरमा विज्ञप्ति जारी गरेको छ। 


 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु