बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

एडीबीले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने 

शुक्रबार ५ पुष, २०८१ nepalexplores 1456


एडीबीले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने 

५ पुस, काठमाडौँ। 
एसियाली विकास बैंक(एडीबी)ले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने भएको छ।

विभिन्न परियोजनालाई कार्यान्वयन गर्नका लागि एडीबीले एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको हो।  सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण दिने भएको हो।

दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्नका लागि उक्त ऋण एवं अनुदान उपयोग गरिने जनाएको छ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायता सम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका थिए। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु