शुक्रबार ८ श्रावण, २०८३ (Friday July 24, 2026)

वैदेशिक व्यापार, सुध्रीदो निर्यात वढ्यो

आईतवार ७ पुष, २०८१ nepalexplores 1329


वैदेशिक व्यापार, सुध्रीदो निर्यात वढ्यो

७ पुस, काठमाडौं । 
वैदेशिक व्यापार सुधार निर्यात बढ्न थालेको छ।

भन्सार विभागको अनुसार मंसिर मसान्तसम्मको वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको भएको जनाएको छ। चालु आर्थिक वर्ष २०८१, ८२ को पहिलो पाँच महिना ९साउन–मंसिर० मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। 

अघिल्लो आर्थिक वर्ष २०८०, ८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै व्यापार भएको हो। आयात र निर्यात दुवैमा सुधार हुँदा यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेको देखिएको भन्सार विभागले जनाएको छ।

पहिलो ५ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। आयात अघिल्लो आवको यसै अवधिको तुलनामा ३ प्रतिशत धेरै भएको हो। अघिल्लो आवको मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

भन्सार विभागका अनुसार यो वर्ष निर्यातमा भने उल्लेख्य सुधार देखिएको जनाएको छ। यो बर्षा मंसिर मसान्तसम्म ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ। 

जुन व्यापार निर्यात अघिल्लो वर्षको तुलनामा १६.५४ प्रतिशत धेरै हो। यस वर्ष भारतले वनस्पति तेलको आयात सहज बनाएसँगै नेपालबाट हुने निर्यात बढ्न थालेको हो।

अघिल्लो आवको मंसिरसम्म ५ खर्ब ७९ अर्ब रुपैयाँ हाराहारी व्यापार घाटा रहेको थियो। नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत रहेको छ। निर्यातको हिस्सा १०.०२ प्रतिशत रहेको छ। निर्यातको हिस्सा सकरात्मक रुपमा बढेको देखिएको विभागले जनाएको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु