शनिबार १७ आश्विन, २०८३ (Saturday October 03, 2026)

कञ्चनजङ्घा आरोहण ७० वर्ष पुगेको उपलक्ष्यमा महोत्सव हुने

मंगलवार २९ माघ, २०८१ nepalexplores 1454


कञ्चनजङ्घा आरोहण ७० वर्ष पुगेको उपलक्ष्यमा महोत्सव हुने

२९ माघ, काठमाडौं । 
कञ्चनजङ्घा आरोहण ७० वर्ष पुगेको उपलक्ष्यमा महोत्सव हुने भएको छ। कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा प्याटिनम जुब्ली’ २०८२ महोत्सव हुने भएको हो। 

महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा, समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालय सहित विभिन्न सङ्घ–संस्थाको सहकार्यमा गरिने जनाइएको छ।  

महोत्सव आगामी २०८२ साल वैशाख ५–७ गते फक्ताङलुङ गाउँपालिका–५, लेलेपमा हुने भएको हो। महोत्सवका लागि विशेष ‘लोगो’ र नारा सार्वजनिक गरिएको छ।  

सोमबार महोत्सव संयोजन समितिले ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहारः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ नारासहितको लोगो सार्वजनिक गरेको छ।

लोगो सार्वजनिक गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहीहरुलाई आमन्त्रण गरिने आयोजकले बताएको छ।  सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए। 

महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौंमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना गरिने भएको छ। कञ्चनजङ्घा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु