सोमबार २६ फाल्गुन, २०८१
२६ फागुन, काठमाडौं ।
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासका क्रममा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरू गरेको केही घण्टामा उत्तर कोरियाले समुद्रमा केही बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
उत्तर कोरियाले यर वर्ष प्रहार गरेको पाँचौं क्षेप्यास्त्र हो। आज सैन्य अभ्यासको क्रममा उत्तर कोरियाको ह्वाङ्घाई प्रान्तबाट क्षेप्यास्त्रहरु प्रहार गरिएको दक्षिण कोरियाको सेनाले जनाएको छ।
दुई देशबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्ने गरेको छ। प्रहार गरेको क्षेप्यास्त्र कति टाढासम्म उडेका थियो भन्ने प्रष्ट नभएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन्।
दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले निगरानी स्थितिलाई बलियो बनाएको र अमेरिकासँग नजिकबाट समन्वय गरिरहेको बताएको छ।
आज दक्षिण कोरिया र अमेरिकी सेनाले सुरू गरेको अभ्यास ११ जुनसम्म चल्ने तालिका रहेको छ।
आणविक हतियारसम्पन्न उत्तर कोरियाले दुई देशको संयुक्त सैन्य अभ्यासको निन्दा गरेको छ। उक्त अभ्यास ‘खतरनाक उत्तेजक कार्य’ भएको र ‘यसले सैन्य द्वन्द्वको जोखिम बढाउने’ उत्तर कोरियको भनाइ छ।
गत साता दुई दक्षिण कोरियाली दुई लडाकु जेटले आवासिय क्षेत्रमा गल्तीले बमबारी गरेका थिए। उक्त घटनापछि दुई देशका सेनाले प्रत्यक्ष–गोलीबारी तालिम स्थगित गरेर ‘फ्रिडम शिल्ड कमाण्ड पोस्ट’ अभ्यास सुरू गरेका हुन्।