शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै

बिहीबार २९ फाल्गुन, २०८१ nepalexplores 1457


आज रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै

२९ फागुन, काठमाडौं । 
आज रंगहरको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। आज होलीको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ।

 फागु अर्थात् होलीको अवसरमा सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो। होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने गरिन्छ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ।

यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु