मंगलवार २१ श्रावण, २०८२ (Tuesday August 05, 2025)

कुलमानलाई पदमुक्तको पत्र इमेलमार्फत पठाईयो

मंगलवार ११ चैत्र, २०८१ nepalexplores 1656


कुलमानलाई पदमुक्तको पत्र इमेलमार्फत पठाईयो

१२ चैत, काठमाडौं । 
मन्त्रिपरिषद्को निर्णयअनुसार कुलमान घिसिङलाई पदमुक्तको पत्र इमेलमार्फत पठाएको छ। आज साँझ प्राधिकरणमा पदमुक्तको पत्र दर्ता भएको स्रोतले जनाएको हो।

८ महिनाको रस्साकस्सी पछि हिजो मन्त्रिरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बाट कुलमान घिसिङलाई बर्खास्ती गर्ने निर्णय गरेको थियो।

यस अघि सरकारले उनलाई सफाइको मौका दिएको थियो। लामो समयदेखि सरकारसँग विवाद गरिरहेका घिसिङलाई ऊर्जा मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको थियो। घिसिङको बर्खास्ती पछि नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरिसकेका छन्।

सरकारसँग भएको करारअनुरुप समयमा कार्यसम्पादन मूल्यांकन नगराएका कारण कार्यसम्पादनमा शून्य अंक प्राप्त गरेको, नेपाल सरकार तथा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिबेगर भारतसँग बिजुलीको भाउ बढाउने सम्झौता गरेको तथा नेपाल सरकारको निर्देशन अवज्ञा गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो।

 




मतहरू

Bettye

Nicely put. Appreciate it! meilleur casino en ligne Thank you. Numerous advice. casino en ligne You actually mentioned it fantastically. casino en ligne Wow many of valuable data! casino en ligne You expressed it effectively. casino en ligne Truly loads of amazing information! casino en ligne Many thanks, Numerous information. casino en ligne France Cheers, Ample posts! casino en ligne Good advice Appreciate it. casino en ligne You suggested it superbly! casino en ligne France


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु