बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

चुमनुब्री गाउँपालिका छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

बिहीबार १८ बैशाख, २०८२ nepalexplores 1284


चुमनुब्री गाउँपालिका छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१८ वैशाख, काठमाडौं ।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान लागेका छन्। चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइने र यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ। चुमनुब्रीको वडा नं ३ तथा धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ। 

मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीयले बताएका छन्। कतिपय हिँडिसके, कतिपय जाने तयारीमा रहेका छन्।

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका छन्। यो वर्ष हिउँ ढिलापरेकोले लेकमा हिउँ जमिरहेको हिउँ पन्छ्याउँदै यार्सागुम्बा सङ्कलन गर्नुपर्ने बताएका छन्।

यार्साको मौसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् र यार्सा टिप्ने गर्छन्। वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने स्थानीय बासिन्दाले जनाएका छन्। 

यार्सागुम्बा सङ्कलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र पालिकाका लागि रु ५०० तिर्नुपर्ने व्यवस्था छ। मुख्य आयस्रोत यार्सागुम्बा हो। उनीहरुले यार्सागुम्बा बेचेर रु दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु