शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकार याम सुरु 

बिहीबार ९ जेष्ठ, २०८२ nepalexplores 1752


म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकार याम सुरु 

८ जेठ, काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकारको याम सुरु भएको छ। स्वाँत भिरमा स्थानीय सामूहिक सहभागितामा मौरीको मह शिकार सुरु भएको हो। 

पुरानो चलनलाई नयाँ युवा पुस्तामा सीप हस्तान्तरण गर्ने उदेश्यले मह सिकारको चलनलाई निरन्तरता दिएको स्थानीयले बताएको छन्। मह शिकारलाई व्यवस्थित, सुरक्षित र पर्यटनसँग जोड्ने योजना रहेको र जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको जनाएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौ अघिदेखिको चलनलाई निरन्तरता दिदै आएका छन्। स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा छहरे भिरबाट ४० लिटर मह निकालिएको छ। 

डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए। अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई सङ्कलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए।

महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन्। यस वर्ष वर्षाका कारण मह कम उत्पादन भएको छ। गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपालि पाँच गुणा कम मह उत्पादन भएको छ। 

केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारीले बताए छन्। ‘भीरमा भीर मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी पराङ मा झुन्डिएर मह सिकार गर्ने गर्दछन्।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिर मह निकाल्नेउपयुक्त समय हो। स्वादिलो, स्वास्थ्यका लागि हितकर भिर मह शक्ति वद्र्धक हुने स्वाँतका बासिन्दाले बताएका छन्। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु