शुक्रबार १७ जेष्ठ, २०८२
१६ जेठ,काठमाडौं ।
अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती मनाउन विदेशी पाहुना नेपाल आएका छन्।
म्याग्दीको नारच्याङमा जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा पहिलो आरोही मौरिस हर्जोगका परिवारसहित १४ जनाको सहभागिता रहनेछ।सन् १९५० मा फ्रान्सेली पर्वतारोहीले अन्नपूर्ण हिमाल चढेको सम्झनामा जेठ १७ देखि २२ गतेसम्म विविध कार्यक्रम हुनेछन्।
अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्ती कार्यक्रममा प्रधानमन्त्री पनि उपस्थिति रहने जनाएको छ। भने कार्यक्रममा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुना नेपाल आएका हुन्।
फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजनबिनै सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो।
यस अघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएका थिए।