शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक संख्या वढ्दो

शुक्रबार ३ श्रावण, २०८२ nepalexplores 1520


अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक संख्या वढ्दो

२ साउन, काठमाडौं ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा २५ प्रतिशतले पर्यटक आगमन बढेको जनाएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१, ८२ मा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको थिए। तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ५७ हजार सात सय ८६ र अन्य देशका १ लाख २० हजार तीन सय २७ पर्यटक भ्रमणमा आएका छन्।

एक वर्षको अन्तरमा ५५ हजार एक सय ३३ पर्यटक बढेको आयोजना प्रमुख डा.रविन कडरियाले जानकारी दिएका छन्। अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य मानिन्छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका जनाएकाे छ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु