शुक्रबार ८ श्रावण, २०८३ (Friday July 24, 2026)

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन गिरावट

शनिबार १५ भाद्र, २०८१ nepalexplores 1486


अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन गिरावट

१५ भदौ, काठमाडौं। 
‘अफसिजन’ मानिने मनसुनमा घुमफिरका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ।

अन्नपूर्ण क्षेत्र भ्रमणका लागी गत जेठमा ३४ हजार २३० विदेशी पर्यटक आएका थिए। भने साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार असारमा कूल १० हजार सात सय ६८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। अब असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने भनाइ छ।

असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रुपमा लिने गरिन्छ। ‘मनसुन पदयात्राका लागि पनि गन्तव्य पहिचान र प्रवर्द्धनको  काम भइरहेकाले पछि यस याममा पनि पर्यटक आकर्षित हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ।’

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकीन नै गर्न नसकिने आयोजनाले जनाएको छ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु