बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

शक्लाफाँट राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको सुरक्षा पोष्ट

मंगलवार २४ असार, २०८२ nepalexplores 1350


शक्लाफाँट राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको सुरक्षा पोष्ट

असार २४ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट स्थापना गरेको छ। निकुञ्ज क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जले जनाएको छ।

भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्र नेपाल–भारत सीमास्तम्भ २७ र २८ को बीचमा गत जेठको पहिलो साता पोष्ट स्थापना गरिएको हो।

निकुञ्जको अतिक्रमित क्षेत्रमा नयाँ सुरक्षा पोष्ट स्थापना गरेर निकुञ्ज कार्यालय र सेनाको टोली त्यहाँ बस्न सुरु गरेको र उक्त पोष्टबाट हाल सुरक्षा गस्ती भइरहेको जनाएको छ।

सीमास्तम्भ २७ र २८ बिचको सहायक सीमास्तम्भ हराएका कारण सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको निकुञ्ज कार्यलयले उल्लेख गरेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु