शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

डिजेल र पेट्रोलियम पदार्थको मूल्य घट्यो

मंगलवार ३१ असार, २०८२ nepalexplores 1412


डिजेल र पेट्रोलियम पदार्थको मूल्य घट्यो

३१ असार, काठमाडौं । 
डिजेल र पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजे बाट लागू हुने गरि नेपाल आयल निगमले नयाँ मूल्य लसार्वजनिक गरेको हो।

नेपाल आयल निगमको अनुसार पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल, मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन बाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ निर्धारित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ।


 

 
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु