शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

कालिन्चोक हाइड्रोपावरले गरेको लापर्बाहीका कारण बिगुमा करोडौंको क्षति

आईतवार ५ श्रावण, २०८२ nepalexplores 4073


कालिन्चोक हाइड्रोपावरले गरेको लापर्बाहीका कारण बिगुमा करोडौंको क्षति

४ साउन, काठमाडौं ।
कालिन्चोक हाइड्रोपावरले गरेको लापर्बाहीका कारण दोलखाको बिगु गाउँपालिकामा करोडौंको जग्गा जमिन र माछापोखरी क्षति भएको छ।

हाइड्रोपावर निमार्ण स्थलको ढुङ्गा माटो खोलामा फाल्दा बर्षा यामको बाढी बस्तीमा पसेका कारण करोडौंको जग्गा जमिन सहित माछापोखरी बगाएको र बस्ती उच्च जोखिममा परेको हो।

दोलखा जिल्ला बिगु गाउँ पालिका वडा. नम्बर ८ खोपाचागु स्थित थामीचागु, कोलेपाको भिर देखि कापाङ्ग, तिनतले स्याउल सामुदायिक वन एरियामा कालिन्चोक हाइड्रोपावरले जबर्जस्त पाइपलाइन खनेर ढुङ्गा माटो खोलामा थुपरेको कारण बाढी बस्तीमा पसेको छ। 

हाइड्रोपावर निमार्णका क्रममा गरेको लापर्बाहीले सोरुङखोला अन्यत्रीत भै बगिरहेको छ।  २०८२ साउन ३ गते राती गएको बाढी पहिरोका कारण भ्यागुतेटार, ठूलोटार, थम्बुटारका १८ घर उच्च जोखिमा परेका र ७ वटा माछापोखरी बगाएको छ।

बाढीका कारण स्थानीय मदन थामीको माछापालन व्यावसायमा १० लाख बराबर नोक्सानी भएको छ। भने मदन थामी, आइतजित थामी, सोभाने थामी, पदम बहादुर थामी र सुकबहादुर थामीको घर उच्च जोखिममा परेकाको छ। 

स्थानीयहरुको घर भन्दा २०० मिटर यता जग्गा खोलाले कटान गर्दा उक्त बस्ती नै जोखिममा परेको मदन थामीले बताएका छन्।
स्रोत : मदन थामी




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु