शनिबार ११ श्रावण, २०८२
१० साउन, काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घट्दै गएको छ।
शुक्लमफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या आर्थिक वर्ष २०८१, ८२ मा घटेको हो।
आर्थिक वर्ष २०८१, ८२ निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटमा तीन हजार सात सय २२ जना जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताएका छन्।
वाग्लेको अनुसार अघिल्लो आर्थिक वर्ष २०८०,८१ मा चार हजार पाँच सय ७४ जनाले भ्रमण गरेको र उक्त क्षेत्र भ्रमण गर्नेमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशी रहेको जानकारी दिएका छन्।
हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पर्यटकको सङ्ख्यामा कमी आएको निकुञ्जले जनाएको छ।पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उल्लेख्य रुपमा पर्यटक आउन नसकेको बताएका छन्।
शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडा लगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए। तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध छ।