बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

बंगलादेशका सरकार प्रमुखले गरे फेब्रुअरीमा चुनाव गर्ने घोषणा

बिहीबार २३ श्रावण, २०८२ nepalexplores 1435


बंगलादेशका सरकार प्रमुखले गरे फेब्रुअरीमा चुनाव गर्ने घोषणा

२२ साउन, काठमाडौं ।
बंगलादेशका सरकार प्रमुख मोहम्मदले आगामी फ्रेब्रुअरीमा चुनाव गर्ने घोषणा गरेका छन्। 

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित ’दोस्रो मुक्ति’ उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन्।

बिबिसीको अनुसार आगामी फेब्रुअरी रमजान अघि नै निर्वाचन गरिसक्नेसमेत बताएको जनाएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी), जमात–ए–इस्लामी र विद्यार्थीहरूले स्थापना गरेको नेशनल सिटिजन पार्टी (एनसिपी) का प्रतिनिधिहरू पनि उपस्थित रहेका समारोहमा चुनाव गर्ने घोषणा गरेका हुन्।

युनुसले यस अघि सन् २०२६ को जुनमा आम निर्वाचन गर्ने प्रस्ताव गरेका थिए। हसिनाको शासनकालमा हिंसामा संलग्न भएकाहरूमाथि न्यायिक कारबाहीको प्रक्रियाको प्रतिवद्धता जनाइएको जनाएको छ।

अघिल्लो वर्षको जुलाइ र अगस्ट महिनामा विद्यार्थीहरूको आन्दोलन पछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। उनी अहिले पनि भारतमा निर्वासित छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु