शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

नेपाल रुबेला रोग निवारण गर्न सफल  

मंगलवार ३ भाद्र, २०८२ nepalexplores 1532


नेपाल रुबेला रोग निवारण गर्न सफल  

३ भदौ, काठमाडौं ।
नेपाल रुबेला रोग निवारण गर्न सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गर्दै नेपालमा खोप सेवामा गरिएको निरन्तर प्रयासले रोग निवारणमा सफल भएको जनाएको हो। विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको बताएको छ। 

यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्ने अपांगता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न भने सकिन्छ।

नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम रुवेला रोग नियन्त्र भएको स्वास्थ्य संगठनले जनाएको हो। 

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्विकृत गर्दै नेपाल बाट रूबेला निवारण भएको बताएको छन्।

क्षेत्रीय प्रमाणीकरण आयोगको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समिक्षा र मूल्यांकन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको थियो।

रोग निवरण भएको स्विकृत पाएसँगै नेपाल, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं राष्ट्र बनेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु