शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

बीरगञ्ज महानगरमा हैजा फैलदो सतर्क अपनाउन अनुरोध

शनिबार ७ भाद्र, २०८२ nepalexplores 1443


बीरगञ्ज महानगरमा हैजा फैलदो सतर्क अपनाउन अनुरोध

७ भदौ, काठमाडौं । 
बीरगञ्ज महानगरमा हैजाको बिरामी भेटिए पछि सर्तकता अपनाउन अनुरोध गरेको छ।

वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साका टोलीले वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएको जनाएको छ।वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए।

हैजाको बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको महानगरका प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन्। नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु पाइएको हो।

वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएको मध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिएको छ।

 सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ।

महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन्।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको र हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गरेका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु