शुक्रबार ९ आश्विन, २०८३ (Friday September 25, 2026)

‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क

बुधबार १८ भाद्र, २०८२ nepalexplores 1512


‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क

१८ भदौ, काठमाडौं ।
‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क भएको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ जेठदेखि भदौसम्म हुमखोला देखि सुनखोलासम्मको पदमार्गमा देख्न सकिन्छ।

फुलेका पोथ्रे गुराँसले अन्नपूर्ण गाउँपालिकामा रहेको पदमार्गमा पर्यटकहरूलाई आकर्षित गरेको छ। डढेलोका कारण लोप हुँदै गएको यो दुर्लभ प्रजातिको गुराँस संरक्षणमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने आवश्यक छ।

हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गलाई अहिले पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन्।

अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु