बुधबार १ आश्विन, २०८२
१ असोज, काठमाडौं ।
आज सरकारले देशभर राष्ट्रिय शोक बिदा दिएको छ।
जेनजी युवा प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा स्वरुप सरकारले देशभर शोक बिदा दिएको हो।
अन्तरिम सरकारको मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ।
भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो।
आज राष्ट्रिय झण्डा आधा झुकाइने र नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा रहेको छ।