शुक्रबार १० आश्विन, २०८२
१० असोज, काठमाडौं ।
म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान भएका छन्।
असोज–कात्तिकको महिना विगतको वर्षहरुमा पर्यटकले भरिभराउ हुँने भए पनि अहिले सुनसान बनेको छ।
जेनजी आन्दोलन र सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका स्थानीयले बताएका छन्।विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जानेआउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुने गर्दथ्यो।
चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पर्यटकको आगमन २० वर्षयताकै कम ‘होटल र पर्यटकीयस्थल सुनसान बनेको जनाएको छ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्टमात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताएका छन्।
समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृंखला र पहाडी भूगोलको अवलोकन गर्न असोज–कात्तिकको शरदयाममा ३ सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने भएता पनि यस पटक घटेर सुनसान बनेको जनाएको छ।
स्थानीय होटल व्यवसायीहरले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताएका छन्।