मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमण

आईतवार १ मंसिर, २०८२ nepalexplores 1449


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमण

३० कात्तिक, काठमाडौं।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमणमा परेको छ।

शुक्लाफाँटा निकुञ्जको अनुसार निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल जमिन अतिक्रमणमा परेको जनाएको छ।

निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको जनाएको हो। 

साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ।

ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिएका छन्।

वाग्लेका अनुसार नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएको बताएका छन्।

निकुञ्ज बाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेले बताएका छन्।

सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्।

गत जेठमा पिल्लर नं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका र भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु