शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सघाउने भारतको प्रतिबद्धता   

मंगलवार २४ मंसिर, २०८२ nepalexplores 1434


फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सघाउने भारतको प्रतिबद्धता   

२३ मंसिर, काठमाडौं । 
आगमी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।

आज भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु काठमाडौँ आएका छन्।

अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणा समेत दिएको जनाएका छन्।

गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दर गाहको कामलाई तीव्रता दिन आग्रह गरेको जनाएका छन्।

सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनु पर्नेमा गृहमन्त्रीले जोड दिएको जनाएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु