शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले मनाए तमु ल्होसार

मंगलवार १५ पुष, २०८२ nepalexplores 1673


काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले मनाए तमु ल्होसार

१५ पुस, काठमाडौं । 
आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्।

पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाएका छन्। 

ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। 

आज सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको जनाएको छ। 

क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने प्रचलन रहेको विश्वास गरिन्छ।

यसै अवसरमा काठमाडौंको टुँडिखेलमा पनि तमु ल्होसारको अवसरमा परम्परागत भेषभुसासहितको सांस्कृतिक, गुरुङ समुदायको समुदायक विशेष परिकार प्रदर्शन गरि भव्यताका साथ मनाइएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु