शनिबार २५ माघ, २०८२ (Saturday February 07, 2026)

कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु

आईतवार २० पुष, २०८२ nepalexplores 1845


कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु

२० पुस, काठमाडौं । 
कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु भएको छ।

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ।

सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र संख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा जल पंछी गणना सुरु गरिएको जनाएको छ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् संघ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि संलग्न रहेको जनाएको छ।

नेपाल पंछी संरक्षण संघका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएस लगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणक मार्फत जलपंछी गणना भइरहेको छ।

हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने जल पंछीको छ।

निकुञ्जभित्र जलपंछीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ।

निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताल लगायत सिमसार क्षेत्रमा पनि जल पंछी गणना गरिने जनाएको छ।

गणनाका क्रममा जलपंछीका प्रजाति, सङ्ख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण सङ्कलन गरिने जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु