शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

पोखरामा सूचना प्रविधि र ‘स्टार्टअप’ प्रदर्शनी मेला हुँदै

आईतवार २७ पुष, २०८२ nepalexplores 1461


पोखरामा सूचना प्रविधि र ‘स्टार्टअप’ प्रदर्शनी मेला हुँदै

२७ पुस, काठमाडौं।
पोखरामा सूचना प्रविधि र स्टार्टअप प्रदर्शनी मेला हुने भएको छ।

गण्डकी प्रदेश राजधानी पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको हो।

नवप्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमी बाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला गर्न लागिएको जनाएको छ।

आगामी माघ अन्तिम साता नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा प्रविधि र स्टार्टअप प्रदर्शनी गर्न लागेको जनाएको छ। 

मेलामा गण्डकी प्रदेशभित्र बाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिने जनाएको छ।

सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले रु ४० हजार, द्वितीयले रु ३० हजार तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु